Skip to content
Menu
  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • विपद
  • पर्यटन
  • संस्कृति
  • समाज
  • महिला
  • साहित्य
Menu

अष्टलक्ष्मी पहिलाे महिला मुख्यमन्त्री

नेवाः टाइम्स
August 18, 2021August 18, 2021
FacebookTweetLinkedIn

काठमाडाैं, २ भदाै । नेकपा एमालेकी नेता अष्टलक्ष्मी शाक्य वागमती प्रदेशकाे मुख्यमन्त्री बनेकी छन् । मुख्यमन्त्री बन्ने अष्टलक्ष्मी शाक्य नेपालकाे पहिलाे महिला हुन् । मुख्यमन्त्री शाक्यलाइ वागमती प्रदेशका प्रमुख विष्णु प्रसाद प्रसाइले अाज राति शपथ ग्रहण गराएका थिए ।

बागमती प्रदेशको संसदीय दलको नेताबाट मुख्यमन्त्रीसमेत रहेका डोरमणि पौडेलले अाज राजीनामा दिएसँगै नेता अष्टलक्ष्मी शाक्य नयाँ संसदीय दलको नेता चुनिएकी थिइन् । अाजै हेटाैंडामा संसदीय दलकाे नेता चुनिएसँगै अष्टलक्ष्मीकाे वागमती प्रदेशकाे मुख्यमन्त्री बन्ने अाकांक्षा पूरा भएकाे छ । नेता शाक्य मु्ख्यमन्त्री बन्नकै लागि संंघीय तथा प्रतिनिधिसभाकाे चुनावमा सहभागी नभइ प्रदेशतिर लागेकी थिइन् ।

नेकपा एमालेका तर्फबाट प्रदेश नं. ३ अर्थात वागमति प्रदेशकी संयोजक शाक्य २०७४ सालमा भएको प्रनितिधि सभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं ८ ‘ख’ बाट प्रदेश सभा सदस्य भएकी थिइन्र । महिला भएकै कारण पार्टीका तर्फबाट ३ नं प्रदेशको मुख्यमन्त्री दिने सम्बन्धमा उनीमाथि ठूलो तिगड्मवाजी गरियो । उनकाे योगदानको मूल्यांकन भएन । जीवनलाई बुझ्न थालेदेखि (२०२८-०२९) राजनीतिमा होमिएकी अष्टलक्ष्मी आफ्नो जीवन सारपूर्ण भएकोमा खुसी  छिन् । जस्ताेसुकै कठीन अवस्थामा पनि सकारात्मक रूपमा अगाडि बढ्ने अष्टलक्ष्मीकाे कथन छ, “मैले राजनीति बेक्कार गरें भन्ने कहिल्यै लागेन, बरु देशमा भएको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना र २०७२ सालमा संविधान सभाबाट संविधान निर्माण भएकोमा गौरव लाग्छ ।”

काठमाडौंको शाक्य कूलमा २०१० साल असोजमा जन्मिएकी शाक्य राजनीतिमा लाग्दा उनकाे परिवार कसैलाई पनि थाहा थिएन । २०२८ सालमा एसएलसीको जाँच दिएपछि उनी पूर्णरूपमा राजनीतिमा हाेमिएर राजनीति गर्नकै लागि घरबाट निस्केकी थिइन् ।राजनीतिक चेत र देशका लागि केही त गर्नै पर्छ भन्ने भावना आएदेखि नै राजनीतिमा लागेकी अष्टलक्ष्मीले राजनीतिमा लागेर कठिनभन्दा कठिन अवस्था गुजारेकी छन् ।   

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला सामग्री

  • किन राेकिएन बालविवाह ?
  • मानवअधिकार रक्षाको लडाइँ र गौतम बुद्धको शिक्षा
  • गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र ‘मुंगेरीलाल की हसीन सपनेँ’
  • नेवार समाजमा छोरी
  • हानिकारक प्रशोधित खानाको लतमा नेपाली
  • एकै हैनन् नेपाल संवत् र म्हपूजा 
  • वातावरण मैत्री भनिएको वायो इनर्जीको प्रभाव नकारात्मकः प्रतिवेदन
  • सत्यमोहन जोशीसँगका सम्झना
  • रहेनन् शताब्दी पुरूष सत्यमाेहन जाेशी
  • दसैंमा पशुबलि

सम्पादक : अमिका राजथला
प्रकाशक : इन्साइट पब्लिकेशन प्रा.लि., काठमाडाैं, नेपाल
इमेलः newatimes@yahoo.com

©2023 NewaTimes