Skip to content
Menu
  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • विपद
  • पर्यटन
  • संस्कृति
  • समाज
  • महिला
  • साहित्य
Menu

अष्टलक्ष्मी शाक्य नयाँ संसदीय दलको नेता चयन, मुख्यमन्त्री बन्ने

नेवाः टाइम्स
August 18, 2021August 18, 2021
FacebookTweetLinkedIn

काठमाडाैं, २ भदाै । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेताबाट मुख्यमन्त्रीसमेत रहेका डोरमणि पौडेलले राजीनामा दिएसँगै नेता अष्टलक्ष्मी शाक्य नयाँ संसदीय दलको नेता चुनिएकी छन्। संसदीय दलकाे नेता चुनिएसँगै अष्टलक्ष्मीकाे वागमती प्रदेशकाे मुख्यमन्त्री बन्ने अाकांक्षा पूरा हुने भएकाे छ । नेता शाक्य मु्ख्यमन्त्री बन्नकै लागि संंघीय तथा प्रतिनिधिसभाकाे चुनावमा सहभागी नभइ प्रदेशतिर लागेकी थिइन् ।

हेटौँडामा बसेको संसदीय दलको बैठकले शाक्यलाई संसदीय दलको नेतामा चयन गरेको हाे । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आजै राजीनामा दिने तयारी गरेका छन्। माधव नेपाल पक्षमा रहेकी शाक्यलाई मुख्यमन्त्री बनाउने तयारीका साथ पौडेलले राजीनामा दिन लागेका हुन्। यता, अाजै निर्वाचन अायाेगमा माधव नेपालकाे अध्यक्षतामा ९५ जनाकाे केन्द्रीय समिति भएकाे नेकपा एमाले समाजवादी पार्टी नामक नयाँ राजनीतिक दल दर्ता भएकाे छ ।

नेता अष्टलक्ष्मी शाक्य पार्टी एकताकाे पक्षमा थिइन् ।

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला सामग्री

  • किन राेकिएन बालविवाह ?
  • मानवअधिकार रक्षाको लडाइँ र गौतम बुद्धको शिक्षा
  • गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र ‘मुंगेरीलाल की हसीन सपनेँ’
  • नेवार समाजमा छोरी
  • हानिकारक प्रशोधित खानाको लतमा नेपाली
  • एकै हैनन् नेपाल संवत् र म्हपूजा 
  • वातावरण मैत्री भनिएको वायो इनर्जीको प्रभाव नकारात्मकः प्रतिवेदन
  • सत्यमोहन जोशीसँगका सम्झना
  • रहेनन् शताब्दी पुरूष सत्यमाेहन जाेशी
  • दसैंमा पशुबलि

सम्पादक : अमिका राजथला
प्रकाशक : इन्साइट पब्लिकेशन प्रा.लि., काठमाडाैं, नेपाल
इमेलः newatimes@yahoo.com

©2023 NewaTimes