Skip to content
NewaTimes
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • महिला
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • स्वास्थ्य
  • विश्व
Menu

मेलम्ची क्षेत्रमा अझै जोखिमः जुनसुकै समय फेरि बाढी आउन सक्ने

नेवाः टाइम्स
August 15, 2021August 15, 2021
FacebookTweetLinkedIn



काठमाडौं, ३१ साउन  ।
मेलम्ची नदीमा आएको बाढीले पु¥याएको क्षतिको पूर्ण विवरण नआउँदै विज्ञहरुले उक्त क्षेत्रमा फेरि पनि बाढी पहिरो जानसक्ने औल्याएका छन् । भेमाथाङमा जम्मा भएको डेब्रीज र त्यसभन्दा माथिल्लो क्षेत्रमा पहिरोको जोखिम रहेको भन्दै उनीहरुले यस्तो बताएका हुन् ।

मेलम्चीमा बाढी आएपछि खानी तथा भूगर्भ विभागले पछिल्लो समयमा गरेको अध्ययनले अझै जोखिम रहेकाले पूर्ववत स्थानमा बस्न नसकिने निष्कर्ष निकालेको हो । विभागले गत साउन २२ गतेबाट अध्ययन शुरु गरि बाढी आउनुको कारण र त्यस क्षेत्रको भौगर्भिक अध्ययन पछि यस्तो निष्कर्ष निकालेको विभागका वरिष्ठ डिभिजनल जीयोलोजिष्ट शिव बास्कोटाले बताए । नेपाल वातावरण पत्रकार समूहले आइतबार आयोजना गरेको ‘हाकाहाकी बहस’मा उनले भेमाथाङभन्दा माथिबाट आएको गेग्रानहरु भेमाथाङ चौरमा जम्मा भएर बसेकाले त्यो जुनसुकै समयमा बग्ने अवस्थामा रहेको बताए ।

 ‘भेमाथाङभन्दा माथि मेलम्ची र पेम्दाङ दुई नदी जोडिएको स्थानमा बाढीले पुरिएर चौर नै भरिएको थियो, जहाँ १० मिटरसम्म पुरिएको देखिन्छ,’ भूगर्भविद् बास्कोटाले भने, ‘मेलम्ची नदीबाट कुनै पनि गेग्रान आएको देखिँदैन । तर भेमाथाङमा जम्मा भएको गेग्रान पेम्दाङबाट आएको देखिन्छ । पेम्दाङ नदीको आसापासको क्षेत्रमा पहिरोहरु धेरै गएको देखिन्छ ।’ उनले त्यसभन्दा माथि अझै पहिरोहरु बगिरहेकाले जोखिम उत्तिकै रहेको बताए । उनले मेलम्ची नदीमाथि पनि पहिरोको सम्भावनाहरु बढीरहेकोले जोखिम बढी रहेको बताए । उनले भने, ‘मनसुन अवधीभर जुनसुकै समयमा फेरि बाढी आउन सक्छ ।’

 भेमाथाङसंगै त्यसभन्दा तलको मेलम्ची खानेपानी आयोजनाको इन्टेक रहेको अम्बाथानमा १५ मिटर पुरिएको बाँस्कोटाले बताए । उनका अनुसार भेमाथाङ चौरमा जम्मा भएको गेग्रान मात्रै १५ लाख ट्रकभन्दा बढी रहेको छ । त्यसलाई व्यवस्थापन गर्न कुनै उपाय नभएकाले त्यो जुनसुकै समयमा बगेर आउने उनले बताए । त्यसबाहेक पेम्दाङमा पहिरोहरु जाने क्रममा रोकिने अवस्थामा नरहेकाले जोखिम बढी नै रहेको उनले बताए ।

भेमाथाङमा जम्मा भएको गेग्रान र त्यभन्दा माथिको पहिरोहरु अस्थिर रहकाले तल्लो तटीय क्षेत्रमा अझै बाढी पहिरोको जोखिम भएकाले सुरक्षित हुन आवश्यक रहेको हिमतालहरुको अध्ययन गरिरहेका अन्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का इन्जिनियर अरुणभक्त श्रेष्ठले पनि जोखिम बढी नै रहेको बताए । ‘ताउते र यास सामूद्रीक आँधीका कारण मेलम्ची जलाधार क्षेत्रमा हिउँ पारेको थियो । त्यो सबै पग्लिएपछि बाढि पहिरो गएको देखिन्छ,’ उनले भने, ‘८ हजार ८ ७० क्यूविक मिटरको ताल रहेकोमा अहिले त्यो ताल देखिँदैन । ७० हजार वर्ग मिटर क्षेत्रमा परेको हिउँ उष्णीकरणका कारण पग्लिएको पाइएको छ । यसलाई जलवायु परिवर्तनको असरको रुपमा पनि लिन सकिन्छ ।’

यसैगरी मेलम्ची गाउँमा भूकम्पका कारण ठूलो पहिरो बनाएको देखिन्छ । त्यो पहिरो बगेर मेलम्ची नदी थुनिएको र त्यही पहिरोले ड्याम बनाउँदा ठूलो मात्रामा नदीमा बाढी गएको देखिन्छ । चार सय मिटरको पहिरो बग्दा नदीमा ठूलो प्रवाह भई मेलम्ची बजार क्षेत्रमा ठूलो क्षति पुगेको देखिन्छ । जोखिम उत्तिकै भएकाले त्यस आसपासका मानिस बढी जोखिममा रहेका छन् ।

 काठमाडौं विश्वविद्यालयका वातावरण विज्ञान तथा इन्जिनियरिङ विभागका प्रमुख डा रिजनभक्त कायस्थले जोखिमयुक्त क्षेत्र भएकाले त्यसतर्फ सबैले विशेष सतर्कता अपनाउनु पर्ने बताए । उनले मेलम्ची जलाधार क्षेत्रमा रहेको सानाठूला सबै नदीहरुमा जुनसुकै समयमा बाढी आउन सक्ने भएकाले पूर्वसतर्कता अपनाउनु आवश्यक भएको बताए ।

 यसैगरी काठमाडौं विश्वविद्यालयकी एशेसियट प्रोफेसर डा रेश्मा श्रेष्ठले जोखिम न्यूनीकरणका उपायहरु अपनाउनु पर्ने बताइन् । उनले जोखिम न्यूनीकरणका लागि सबै निकायले विशेष ध्यान दिनुपर्ने बताइन् । यस्तै सिनियर भूगर्भविद् विशाल नाथ उप्रेतीले जोखिम न्यूनीकरणका लागि पूर्व सूचना प्रणालीको विकासलाई प्राथमिकता दिनुपर्ने बताए । ‘हरेक ४–५ वर्गकिलोमिटरमा पूर्वसूचना प्रणाली जडान गरेमा क्षति न्यूनीकरण गर्न सकिन्छ,’ उनले भने, ‘हाइड्रो पावरहरुले आफ्नो आयोजना क्षेत्रमा अनिवार्य पूर्वसूचना प्रणाली जडान गर्नुपर्ने व्यवस्था गर्न सके राम्रो हुनेछ ।’

विशेषज्ञहरुले गरेका अध्ययनहरुलाई आम मानिसमा सूचना प्रवाह गर्नका लागि सञ्चारकर्मीहरुले विशेष ध्यान दिनुपर्नेमा नेवापसका अध्यक्ष कसमस विश्वकर्माले जोड दिए । ‘नेपालको भौगर्भिक अध्ययन गरेका वैज्ञानिक अध्ययन प्रतिवेदनहरुलाई सरलीकृत गरी जनतासम्म सूचना प्रवाहमा पत्रकारले भूमिका निर्वाह गर्नेछन,’ उनले भने, ‘त्यसका लागि वैज्ञानिक अध्ययनहरु पनि व्यापक रुपमा हुनुपर्ने छ ।’ नेफेजले वैज्ञानिक अध्ययनहरुलाई जनतासमक्ष प्रवाह गर्ने काममा सधैँ सहकार्य गरेर अघि बढ्ने उनले बताए ।

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला पाेस्टहरू

  • कुमारी रथयात्रा गरी येँयाः पुन्हिकाे तेस्राे दिन मनाउँदै
  • पूर्णिमा विना अक्सिजन मनास्लु हिमाल आराेहण गर्न सफल
  • सुरू भयाे येँयाः (फाेटाे फीचर)
  • सहरी विकास र व्यवस्थापन विषयमा चिनियाँ नेताहरूसँग उपमेयर सुनिताकाे कुराकानी
  • आमाको नामबाट नागरिकता लिँदा बुवाको नाम नभए पनि हुने सर्वाेच्चकाे परमादेश
  • येँयाः (इन्द्रजात्रा) काे पूर्वसन्ध्या- फाेटाे फीचर
  • बालेन शाहले नदेखेको काठमाडौं
  • आन्दोलनरत शिक्षक र सरकारबीच के के सहमति भए ? 
  • मुगुकाे गमगढी बजारमा आगलागी
  • विद्यालय शिक्षककाे अनिश्चितकालीन आन्दोलन
  • काठमाडौंका प्रअहरुद्वारा बालेनलाई टेरेनन् , विद्यालय बन्द गरी आन्दोलनमा जाने निर्णय
  • रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन
  • सरकार र चिकित्सक संघबीच सहमति
  • भयानक आँधीले तहस नहस बनायाे लिबिया: ११ हजारभन्दा बढीकाे मृत्युु
  • विद्यार्थीलाई भ्रष्टाचार न्यूनीकरण अभिमुखिकरण तालिम
  • बाैद्ध धर्मकाे विस्तारमा अवराेधकाे कारण खाेज्दै
  • सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप
  • माेरक्काेमा शक्तिशाली भूकम्प
  • क्रिश्चियन गाउँमा चेपाङकाे नुवाङ्गी (फाेटाे फीचर)
  • नुवाङ्गी घरमै मनाउनुपर्छ

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes NewaTimes