Skip to content
NewaTimes
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • महिला
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • स्वास्थ्य
  • विश्व
Menu

नेवार बौद्ध समाजमा ‘गुंला धर्म’को प्रारम्भ

नेवाः टाइम्स
August 9, 2021August 10, 2021
FacebookTweetLinkedIn

काठमाडौं, २५ साउन । नेवार बौद्ध समाजमा आजबाट गुंला धर्म सुरु भएको छ । महिना दिनसम्म मनाइने यो नेवार बौद्ध समाजको मौलिक संस्कृति हो ।

धर्म गर्नका लागि यो समय अत्यन्त उपयुक्त भएको मान्यता नेवार बौद्ध समाजको रहेको छ । यसअनुसार बौद्धहरू बिहानै प्रसिद्ध स्वयम्भू महाचैत्यका साथै अन्य बौद्ध स्थल पुगी दर्शन तथा परिक्रमा गर्दछन् । यस अवधिभर विभिन्न टोल तथा वस्तीका बौद्ध नेवार बेग्लाबेग्लै रुपमा ‘गुंला बाजं’ सहित स्वयम्भूको दर्शन तथा परिक्रमा गर्न जान्छन् । सबै बाजाको बोल एउटै हुने र विभिन्न टोलीका बाजाहरूले जमघट हुनेहुँदा स्वयम्भू परिसर संगीतमय बन्ने हुन्छ । विभिन्न वाद्ययन्त्रसहितको छुट्टै पहिचान बनाएको ‘गुंला बाजं’ को संरक्षण तथा प्रवद्र्धनका लागि आजभोलि प्रशिक्षण तथा प्रतियोगिताको पनि आयोजना गर्ने गरिन्छ ।

टाढा भएका कारण सँधै विहान स्वयम्भू महाचैत्य पुग्न असहज भएका ललितपुर, भक्तपुर, कीर्तिपुरलगायतका नेवार बौद्धहरू आफ्नै ठाउँका बौद्ध स्थलहरूमा पुग्छन् । तर हप्तामा एक पल्ट वा कुनै उपयुक्त दिनमा स्वयम्भू आउने गरेको पनि पाइन्छ ।

बौद्ध धर्मको अभ्यास अटूट रुपमा गर्न नसके पनि कम्तीमा गुंला अवधीमा गर्नु पर्दछ भन्ने मान्यता नेवार बौद्ध समाजमा रहेको पाइन्छ । जाँडरक्सी सेवनलगायतका कतिपय आदतहरू यस अवधिमा त्याग्ने गरिन्छ ।

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला पाेस्टहरू

  • खाना पकाउने ग्यासमा अत्यधिक मूल्यवृद्धि
  • कुमारी रथयात्रा गरी येँयाः पुन्हिकाे तेस्राे दिन मनाउँदै
  • पूर्णिमा विना अक्सिजन मनास्लु हिमाल आराेहण गर्न सफल
  • सुरू भयाे येँयाः (फाेटाे फीचर)
  • सहरी विकास र व्यवस्थापन विषयमा चिनियाँ नेताहरूसँग उपमेयर सुनिताकाे कुराकानी
  • आमाको नामबाट नागरिकता लिँदा बुवाको नाम नभए पनि हुने सर्वाेच्चकाे परमादेश
  • येँयाः (इन्द्रजात्रा) काे पूर्वसन्ध्या- फाेटाे फीचर
  • बालेन शाहले नदेखेको काठमाडौं
  • आन्दोलनरत शिक्षक र सरकारबीच के के सहमति भए ? 
  • मुगुकाे गमगढी बजारमा आगलागी
  • विद्यालय शिक्षककाे अनिश्चितकालीन आन्दोलन
  • काठमाडौंका प्रअहरुद्वारा बालेनलाई टेरेनन् , विद्यालय बन्द गरी आन्दोलनमा जाने निर्णय
  • रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन
  • सरकार र चिकित्सक संघबीच सहमति
  • भयानक आँधीले तहस नहस बनायाे लिबिया: ११ हजारभन्दा बढीकाे मृत्युु
  • विद्यार्थीलाई भ्रष्टाचार न्यूनीकरण अभिमुखिकरण तालिम
  • बाैद्ध धर्मकाे विस्तारमा अवराेधकाे कारण खाेज्दै
  • सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप
  • माेरक्काेमा शक्तिशाली भूकम्प
  • क्रिश्चियन गाउँमा चेपाङकाे नुवाङ्गी (फाेटाे फीचर)

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes NewaTimes