२८ श्रावण २०८३, बिहिबार

भूमि व्यवस्थापनका नाममा रकम असुल्नेमाथि कानुनी कारबाही हुने


अ+
अ-

काठमाडौं, साउन १९ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनका नाममा रकम असुल्ने वा अनुचित लाभ लिने व्यक्तिमाथि कानुनी कारबाही गरिने चेतावनी दिएको छ।
समितिले जारी गरेको सूचनामा पछिल्लो समय निवेदन दर्ता गरिदिने, निस्सा दिलाइदिने वा जग्गा व्यवस्थापनको काम छिटो गराइदिने बहानामा केही व्यक्तिले सेवाग्राहीबाट रकम असुलेको गुनासो प्राप्त भएको जनाएको छ।
यस्ता गतिविधि पूर्ण रूपमा गैरकानुनी भएको उल्लेख गर्दै समितिले कुनै पनि व्यक्तिलाई रकम नदिन सेवाग्राहीलाई आग्रह गरेको छ। भूमि व्यवस्थापनसम्बन्धी सबै प्रक्रिया सरकारले तोकेको आधिकारिक माध्यमबाट निःशुल्क वा प्रचलित कानुनबमोजिम मात्र हुने समितिले स्पष्ट पारेको छ।
समितिले सेवाग्राहीलाई कुनै पनि प्रलोभन वा झुटा आश्वासनमा नपरी आधिकारिक प्रक्रियामार्फत मात्र सेवा लिन आग्रह गर्दै गैरकानुनी रूपमा रकम असुल्ने वा अनुचित लाभ लिने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ।
मन्त्री प्रतिभा रावलको सचिवालयका अनुसार भूमिसम्बन्धी सेवा लिन आउने नागरिकलाई सचेत रहन र कुनै पनि शंकास्पद गतिविधिबारे सम्बन्धित निकायमा जानकारी गराउन पनि अनुरोध गरिएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता...

युवाविरुद्ध हुने धम्की, हिंसा र दमनका घटनामा निष्पक्ष अनुसन्धान गर्न आयोगको आग्रह

युवाविरुद्ध हुने धम्की, हिंसा र दमनका घटनामा निष्पक्ष अनुसन्धान गर्न आयोगको आग्रह

युवाविरुद्ध हुने धम्की, हिंसा र दमनका घटनामा निष्पक्ष अनुसन्धान गर्न आयोगको आग्रह...

विपद् व्यवस्थापनमा नेपाल–युरोपेली युनियन सहकार्य थप विस्तार गर्ने प्रतिबद्धता

विपद् व्यवस्थापनमा नेपाल–युरोपेली युनियन सहकार्य थप विस्तार गर्ने प्रतिबद्धता

विपद् व्यवस्थापनमा नेपाल–युरोपेली युनियन सहकार्य थप विस्तार गर्ने प्रतिबद्धता...

जापान पठाउने भन्दै ११५ जनाबाट २ करोड ८० लाख ठगी, कन्सल्टेन्सीका सीईओ पक्राउ

जापान पठाउने भन्दै ११५ जनाबाट २ करोड ८० लाख ठगी, कन्सल्टेन्सीका सीईओ पक्राउ

जापान पठाउने भन्दै ११५ जनाबाट २ करोड ८० लाख ठगी, कन्सल्टेन्सीका सीईओ पक्राउ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प...

पर्यटन विधेयकमा नियमनभन्दा प्रवर्द्धन र सहजीकरणमा जोड दिनुपर्छ : सभापति उदास

पर्यटन विधेयकमा नियमनभन्दा प्रवर्द्धन र सहजीकरणमा जोड दिनुपर्छ : सभापति उदास

पर्यटन विधेयकमा नियमनभन्दा प्रवर्द्धन र सहजीकरणमा जोड दिनुपर्छ : सभापति उदास...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्