११ भदौ २०८३, शुक्रबार

पश्चिम एसियामा रहेका नेपालीको सुरक्षाका लागि सरकार सक्रिय, ‘र्‍यापिड रेस्पोन्स टास्कफोर्स’ गठन गरिने


अ+
अ-

काठमाडौं, फागुन २९ । परराष्ट्र मन्त्रालयले पश्चिम एसिया क्षेत्रमा रहेका नेपाली नागरिकहरूको सुरक्षा, हित तथा कल्याण सुनिश्चित गर्न ‘र्‍यापिड रेस्पोन्स टास्कफोर्स’ गठन गरिने भएको छ।
इमर्जेन्सी रेस्पाेन्स टिमको दोस्रो बैठकको निर्णयअनुसार पश्चिम एसिया तथा अफ्रिकास्थित नेपाली नियोग, गैर आवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषदहरू तथा नेपाली डायस्पोराले सञ्चालन गरेका संघसंस्थाबीच आपतकालीन समन्वय बढाउन प्रत्येक नियोगमा ‘र्‍यापिड रेस्पोन्स टास्कफोर्स’ गठन गरिने जनाइएको छ ।
मन्त्रालयले उक्त क्षेत्रमा रहेका नेपाली नियोगहरूसँग समन्वय गर्दै समस्यामा परेका नेपालीहरूको उद्धार तथा सहायताका लागि निरन्तर सक्रिय रहेको जानकारी दिएको छ।
मन्त्रालयले हिजाे जारी गरेको प्रेस विज्ञप्तिअनुसार इमर्जेन्सी रेस्पाेन्स टिमको दोस्रो बैठकको निर्णयअनुसार पश्चिम एसिया तथा अफ्रिकास्थित नेपाली नियोग, गैर आवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषदहरू तथा नेपाली डायस्पोराले सञ्चालन गरेका संघसंस्थाबीच आपतकालीन समन्वय बढाउन प्रत्येक नियोगमा ‘र्‍यापिड रेस्पोन्स टास्कफोर्स’ गठन गरिने भएको छ। उक्त टास्कफोर्स सम्बन्धित नियोगका उपनियोग प्रमुखको संयोजकत्वमा सञ्चालन हुने जनाइएको छ।
त्यस्तै, कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको अनलाइन दर्ता प्रणालीमा हालसम्म ६६ हजार ७२१ जना नेपाली नागरिकले आफ्नो विवरण दर्ता गरिसकेको मन्त्रालयले जनाएको छ। दर्ता भएका विवरणहरूको अध्ययन गरी आवश्यकताअनुसार थप प्रक्रिया अघि बढाइएको मन्त्रालयको भनाइ छ। साथै पश्चिम एसियामा रहेका सबै नेपालीलाई समय मिलाएर उक्त प्रणालीमा आफ्नो विवरण दर्ता गर्न मन्त्रालयले अनुरोध गरेको छ।
विज्ञप्तिअनुसार पश्चिम एसियास्थित केही नेपाली नियोगहरूले सम्बन्धित मुलुकमा ट्रान्जिटमा रहेका तथा अत्यावश्यक कारणले नेपाल फर्कनुपर्ने अवस्थामा रहेका नेपालीहरूको यात्रा सहजीकरणका लागि सम्बन्धित एयरलाइन्स र सरकारी निकायहरूसँग समन्वय गरिरहेका छन्।
यसैबीच मन्त्रालयले पश्चिम एसियामा रहेका नेपाली नागरिकलाई विषम परिस्थितिमा संयमित, सचेत र सजग रहन आग्रह गरेको छ। मन्त्रालयले स्थानीय कानूनविपरीत हुने गरी कुनै पनि प्रकारका फोटो, भिडियो वा अडियो सामग्री रेकर्ड तथा आदान–प्रदान नगर्न पनि अनुरोध गरेको छ।
प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकलाई कुनै समस्या परेमा मन्त्रालयको आपतकालीन नियन्त्रण कक्ष वा सम्बन्धित मुलुकस्थित नेपाली नियोगहरूले उपलब्ध गराएका सम्पर्क नम्बर तथा इमेलमार्फत तत्काल सम्पर्क गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह...

रसुवा बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको सकुशल उद्धार

रसुवा बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको सकुशल उद्धार

रसुवामा बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको सकुशल उद्धार...

रसुवाको भोटेकोशी बाढी : ९७७ जना सम्पर्कविहीन, ४६९ शव फेला

रसुवाको भोटेकोशी बाढी : ९७७ जना सम्पर्कविहीन, ४६९ शव फेला

रसुवाको भोटेकोशी बाढी : ९७७ जना सम्पर्कविहीन, ४६९ शव फेला...

रसुवा सीमाक्षेत्र नजिकै ठूलो ताल बन्यो, तीन दिनभित्र फुट्न सक्ने चीनको चेतावनी

रसुवा सीमाक्षेत्र नजिकै ठूलो ताल बन्यो, तीन दिनभित्र फुट्न सक्ने चीनको चेतावनी

रसुवा सीमाक्षेत्र नजिकै ठूलो ताल बन्यो, तीन दिनभित्र फुट्न सक्ने चीनको चेतावनी...

रसुवामा ३३६ जनाको हवाई उद्धार, ४५ विदेशी नागरिक

रसुवामा ३३६ जनाको हवाई उद्धार, ४५ विदेशी नागरिक

रसुवामा ३३६ जनाको हवाई उद्धार, ४५ विदेशी नागरिक...

बाढी प्रभावितलाई डब्लुएचओको स्वास्थ्य सामग्री सहयोग

बाढी प्रभावितलाई डब्लुएचओको स्वास्थ्य सामग्री सहयोग

बाढी प्रभावितलाई डब्लुएचओको स्वास्थ्य सामग्री सहयोग...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्