३१ जेठ २०८३, आइतबार

प्रतिनिधिसभा मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा


अ+
अ-

काठमाडौं, फागुन, २३ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत हालसम्म सार्वजनिक मतगणनाको प्रारम्भिक विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा देखिएको छ। आयोगको तथ्यांकअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा धेरै १८ स्थानमा जित हासिल गरेको छ भने ९९ स्थानमा अग्रता कायम गरेको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको मतगणनाको आधारमा हालसम्म २४ जना उम्मेदवार विजयी भइसकेका छन्।
त्यसपछि नेपाली कांग्रेसले ४ स्थानमा विजय हासिल गरेको छ र ११ स्थानमा अग्रता लिएको देखिएको छ।
यस्तै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) ले १ स्थानमा जित निकाल्दा ११ स्थानमा अग्रता कायम गरेको आयोगको तथ्यांकमा उल्लेख छ। त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले १ स्थानमा जित हात पारेको छ भने ११ स्थानमा अग्रता बनाएको छ।
यस्तै श्रम संस्कृति पार्टीको ३ स्थानमा अग्रता, राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्रकाे १/१ स्थानमा अग्रता रहेकाे छ ।
निर्वाचन आयोगका अनुसार देशभर प्रतिनिधिसभाका कुल १६५ प्रत्यक्ष निर्वाचन क्षेत्रमध्ये विभिन्न स्थानमा मतगणना जारी रहेकाले परिणाम क्रमशः सार्वजनिक भइरहेका छन्। प्रारम्भिक मतगणनाले केही नयाँ तथा पुराना राजनीतिक दलबीच कडा प्रतिस्पर्धा देखिएको संकेत गरेको छ।
मतगणना जारी रहेकाले आगामी घण्टामा नतिजामा थप परिवर्तन आउन सक्ने आयोगले जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८  बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने...

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्