८ भदौ २०८३, मंगलबार

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना


अ+
अ-

काठमाडौं, जेठ ३० । राष्ट्रिय बाल अधिकार परिषद्ले भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिकास्थित एक बालगृहबाट आठ जना बालबालिकाको उद्धार गरी पुनःस्थापना गरिएको जनाएको छ।
परिषद्ले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार सूर्यविनायक नगरपालिका–८, सिपाडोलमा रहेको ‘गुरुकुल सेवा नेपाल’ नामक संस्थाले सञ्चालन गरेको बालगृहले बालगृह सञ्चालनसम्बन्धी न्यूनतम मापदण्डको पूर्ण पालना नगरेको पाइएको थियो। त्यसका कारण त्यहाँ आश्रित बालबालिका जोखिममा पर्न सक्ने अवस्था देखिएपछि आवश्यक समन्वय र सहयोगमा उद्धार तथा पुनःस्थापना गरिएको हो।
परिषद्का अनुसार उक्त बालगृहमा रहेका दुई बालक र छ बालिका गरी आठ जना बालबालिकालाई सूर्यविनायक नगरपालिका र बालबालिका खोजतलास समन्वय केन्द्र १०४ को सहयोगमा उद्धार गरी संरक्षण तथा उचित व्यवस्थापन गरिएको छ।
विज्ञप्तिमा बालबालिकासम्बन्धी ऐन, २०७५ ले कानुनबमोजिम बाहेक बालगृहमा बालबालिका राख्ने कार्यलाई बालअधिकारविरुद्धको कार्य मानेको उल्लेख गरिएको छ। ऐनअनुसार यस्तो कार्य गर्ने व्यक्तिलाई ५० हजार रुपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था रहेको परिषद्ले स्मरण गराएको छ।
परिषद्ले बालबालिकासम्बन्धी नियमावली, २०७९ र बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ अनुसार मात्र बालगृह सञ्चालन गर्न पाइने जनाएको छ। साथै राष्ट्रिय बाल अधिकार परिषद्को अनुमति लिएर तोकिएको मापदण्डअनुसार सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था रहेको पनि विज्ञप्तिमा उल्लेख छ।
परिषद्ले अनुमति नलिई वा मापदण्डको पालना नगरी बालगृह सञ्चालन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ। त्यस्ता गतिविधिबारे जानकारी भएमा महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालय वा राष्ट्रिय बाल अधिकार परिषद्लाई जानकारी गराउन समेत आग्रह गरिएको छ।
साथै सम्बन्धित स्थानीय बाल अधिकार समिति र बालकल्याण अधिकारीलाई बालगृहहरूको नियमित अनुगमन, निरीक्षण तथा पृष्ठपोषणमार्फत व्यवस्थापन सुधारमा सहयोग गर्न परिषद्ले अनुरोध गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले औपचारिक काम थाल्यो

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले औपचारिक काम थाल्यो

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले औपचारिक काम थाल्यो...

भूमि प्रयोग र भूमि अधिकारमा गम्भीर बहस आवश्यक : नाफान

भूमि प्रयोग र भूमि अधिकारमा गम्भीर बहस आवश्यक : नाफान

भूमि प्रयोग र भूमि अधिकारमा गम्भीर बहस आवश्यक : नाफान...

ग्वलः देमा ‘नासः द्यः छेँ’ पुनःनिर्माण सम्पन्न

ग्वलः देमा ‘नासः द्यः छेँ’ पुनःनिर्माण सम्पन्न

ग्वलः देमा ‘नासः द्यः छेँ’ पुनःनिर्माण सम्पन्न...

सामाजिक परीक्षणको निष्कर्ष: छोटो अवधिमा लक्ष्य हासिल गर्न कठिन

सामाजिक परीक्षणको निष्कर्ष: छोटो अवधिमा लक्ष्य हासिल गर्न कठिन

सामाजिक परीक्षणको निष्कर्ष: छोटो अवधिमा लक्ष्य हासिल गर्न कठिन...

वर्षाका कारण बाँसबारीमा गेष्ट हाउस भासियो

वर्षाका कारण बाँसबारीमा गेष्ट हाउस भासियो

वर्षाका कारण बाँसबारीमा गेष्ट हाउस भासियो...

विपद्पछिको गैर-आर्थिक क्षति मापन गर्न जियो-एआई र नीतिगत सुधारमा जोड

विपद्पछिको गैर-आर्थिक क्षति मापन गर्न जियो-एआई र नीतिगत सुधारमा जोड

विपद्पछिको गैर-आर्थिक क्षति मापन गर्न जियो-एआई र नीतिगत सुधारमा जोड...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्