७ भदौ २०८३, सोमबार

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा, गृह प्रधानमन्त्रीले सम्हाल्ने


अ+
अ-

काठमाडौँ, वैशाख ९ । राष्ट्रपति भवनबाट आज जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा गृहमन्त्री सुदन गुरुङले संविधान बमोजिम प्रधानमन्त्रीसमक्ष राजीनामा दिएको जनाएको छ। राजीनामापश्चात् गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री स्वयम्ले सम्हाल्ने गरी तोकिएको छ।

यसै सन्दर्भमा स्वयं सुदन गुरुङले एक सार्वजनिक वक्तव्य जारी गर्दै आफूले २०८२ चैत १३ गतेदेखि गृहमन्त्रीको जिम्मेवारी सम्हालेको र पछिल्ला दिनहरूमा आफ्नो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएको बताएका छन्।

उनले भनेका छन् : “मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन।” उनले आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेन जेड आन्दोलनले पनि सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ भन्ने सन्देश दिएको उल्लेख गरेका छन्।

गुरुङले आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा ‘कन्फ्लिक्ट अफ इन्ट्रेष्ट’ नदेखियोस् भन्ने उद्देश्यले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको स्पष्ट पारेका छन्। उनले भने, “मेरा ४६ जना भाइबहिनीहरूको रगत र बलिदानीको आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो।”

पूर्वगृहमन्त्री गुरुङले आफूले नैतिक जिम्मेवारी निर्वाह गरेको बताउँदै सञ्चारकर्मी, आम नागरिक तथा युवाहरूप्रति अपिल गर्दै भनेका छन् : “यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ।” उनले कतिपय मिडियाकर्मी साथीहरूसँग ‘स्वीट शेयर’ रहेको संकेतसमेत गर्दै रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस देखाउनुपर्ने धारणा राखेका छन्।

अन्त्यमा उनले लेखेका छन् - “ मेराे देशका लागि, सुरक्षा निकायकाे सम्मानका लागि र नेपालका युवाको लागि ।”

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले औपचारिक काम थाल्यो

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले औपचारिक काम थाल्यो

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले औपचारिक काम थाल्यो...

भूमि प्रयोग र भूमि अधिकारमा गम्भीर बहस आवश्यक : नाफान

भूमि प्रयोग र भूमि अधिकारमा गम्भीर बहस आवश्यक : नाफान

भूमि प्रयोग र भूमि अधिकारमा गम्भीर बहस आवश्यक : नाफान...

ग्वलः देमा ‘नासः द्यः छेँ’ पुनःनिर्माण सम्पन्न

ग्वलः देमा ‘नासः द्यः छेँ’ पुनःनिर्माण सम्पन्न

ग्वलः देमा ‘नासः द्यः छेँ’ पुनःनिर्माण सम्पन्न...

सामाजिक परीक्षणको निष्कर्ष: छोटो अवधिमा लक्ष्य हासिल गर्न कठिन

सामाजिक परीक्षणको निष्कर्ष: छोटो अवधिमा लक्ष्य हासिल गर्न कठिन

सामाजिक परीक्षणको निष्कर्ष: छोटो अवधिमा लक्ष्य हासिल गर्न कठिन...

वर्षाका कारण बाँसबारीमा गेष्ट हाउस भासियो

वर्षाका कारण बाँसबारीमा गेष्ट हाउस भासियो

वर्षाका कारण बाँसबारीमा गेष्ट हाउस भासियो...

विपद्पछिको गैर-आर्थिक क्षति मापन गर्न जियो-एआई र नीतिगत सुधारमा जोड

विपद्पछिको गैर-आर्थिक क्षति मापन गर्न जियो-एआई र नीतिगत सुधारमा जोड

विपद्पछिको गैर-आर्थिक क्षति मापन गर्न जियो-एआई र नीतिगत सुधारमा जोड...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्