७ भदौ २०८३, सोमबार

त्रिभुवन विश्वविद्यालयको जग्गा अतिक्रमण हटाउन ३५ दिने अल्टिमेटम


अ+
अ-

काठमाडौं, वैशाख ४ । त्रिभुवन विश्वविद्यालयले आफ्नो स्वामित्वमा रहेका जग्गा तथा अचल सम्पत्तिमा भएको अतिक्रमण हटाउन सम्बन्धित पक्षलाई ३५ दिनभित्र खाली गर्न निर्देशन दिएको छ।
विश्वविद्यालयद्वारा जारी अत्यन्त जरुरी सूचनाअनुसार जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन–२०७९ ले विश्वविद्यालय तथा मातहतका निकायहरूको स्वामित्वमा रहेका सम्पत्तिहरू केही व्यक्ति, कम्पनी, संघ–संस्था तथा निकायहरूले ऐन, नियम र प्रचलित कानुनविपरीत अनाधिकृत रूपमा कब्जा, भोग तथा नियन्त्रण गरिरहेको औंल्याएको छ।
उक्त सूचनामा नेपाल सरकारलगायत दातृ निकायहरूले विभिन्न समयमा विश्वविद्यालयलाई शैक्षिक उन्नयनका लागि उपलब्ध गराएका (प्रतिवेदनमा उल्लेख भएका वा नभएका) सम्पत्तिहरू समेत समेटिएको उल्लेख छ। ती सम्पत्तिहरू सूचना पहिलो पटक प्रकाशित भएको मितिले ३५ दिनभित्र खाली गरी विश्वविद्यालयलाई आधिकारिक रूपमा फिर्ता गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरिएको छ।
त्रि.वि. कार्यकारी परिषद्को २०८२ चैत २३ गतेको निर्णयअनुसार आज सूचना जारी गरिएको जनाइएको छ। तोकिएको समयभित्र अतिक्रमित सम्पत्ति खाली नगरे प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी पनि विश्वविद्यालयले दिएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले औपचारिक काम थाल्यो

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले औपचारिक काम थाल्यो

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले औपचारिक काम थाल्यो...

भूमि प्रयोग र भूमि अधिकारमा गम्भीर बहस आवश्यक : नाफान

भूमि प्रयोग र भूमि अधिकारमा गम्भीर बहस आवश्यक : नाफान

भूमि प्रयोग र भूमि अधिकारमा गम्भीर बहस आवश्यक : नाफान...

ग्वलः देमा ‘नासः द्यः छेँ’ पुनःनिर्माण सम्पन्न

ग्वलः देमा ‘नासः द्यः छेँ’ पुनःनिर्माण सम्पन्न

ग्वलः देमा ‘नासः द्यः छेँ’ पुनःनिर्माण सम्पन्न...

सामाजिक परीक्षणको निष्कर्ष: छोटो अवधिमा लक्ष्य हासिल गर्न कठिन

सामाजिक परीक्षणको निष्कर्ष: छोटो अवधिमा लक्ष्य हासिल गर्न कठिन

सामाजिक परीक्षणको निष्कर्ष: छोटो अवधिमा लक्ष्य हासिल गर्न कठिन...

वर्षाका कारण बाँसबारीमा गेष्ट हाउस भासियो

वर्षाका कारण बाँसबारीमा गेष्ट हाउस भासियो

वर्षाका कारण बाँसबारीमा गेष्ट हाउस भासियो...

विपद्पछिको गैर-आर्थिक क्षति मापन गर्न जियो-एआई र नीतिगत सुधारमा जोड

विपद्पछिको गैर-आर्थिक क्षति मापन गर्न जियो-एआई र नीतिगत सुधारमा जोड

विपद्पछिको गैर-आर्थिक क्षति मापन गर्न जियो-एआई र नीतिगत सुधारमा जोड...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्