काठमाडौँ, चैत २८ । नेपाल सरकार, अध्यागमन विभागले वैदेशिक रोजगारीको सिलसिलामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्ने नेपाली श्रमिकहरूले थप कुनै बिल वा रसिद देखाउनु नपर्ने स्पष्ट पारेको छ।
विभागले हिजाे शुक्रबार सार्वजनिक सूचना जारी गर्दै भनेको छ, “वैदेशिक रोजगार विभागबाट चैत २३ गते जारी भएको श्रम स्वीकृति र राहदानी बाहेक नेपाली श्रमिकहरूले प्रस्थान गर्दा अध्यागमन कार्यालयमा थप कुनै पनि कागजात तथा बिल/रसिद पेश गर्नुपर्दैन।”
हालै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार तथा वैदेशिक रोजगार विभागको सूचनाले यात्रुहरूमा अन्यौल सिर्जना भएकोप्रति विभागको ध्यानाकर्षण भएको जनाउँदै यो स्पष्टीकरण आवश्यक भएको बताइएको छ।
गृह मन्त्रालयको मिति २०८२ कार्तिक १३ गतेको मन्त्रिस्तरीय निर्णय र प्रचलित अध्यागमन कानूनअनुसार भिजिट भिसामा प्रस्थान गर्ने नेपाली नागरिकले कम्तीमा ६ महिना वैध राहदानी, गन्तव्य मुलुकको हवाई टिकट र सम्बन्धित मुलुकको भिसा भए पुग्ने उल्लेख छ।
अध्यागमन विभागले सम्पूर्ण नेपाली यात्रुलाई कुनै भ्रममा नपरी सूचित भई निर्धक्क यात्रा गर्न अनुरोध गरेको छ।
मेगु पोस्त: नेवाः टाइम्स
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले औपचारिक काम थाल्यो
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले औपचारिक काम थाल्यो...
भूमि प्रयोग र भूमि अधिकारमा गम्भीर बहस आवश्यक : नाफान
भूमि प्रयोग र भूमि अधिकारमा गम्भीर बहस आवश्यक : नाफान...
ग्वलः देमा ‘नासः द्यः छेँ’ पुनःनिर्माण सम्पन्न
ग्वलः देमा ‘नासः द्यः छेँ’ पुनःनिर्माण सम्पन्न...
सामाजिक परीक्षणको निष्कर्ष: छोटो अवधिमा लक्ष्य हासिल गर्न कठिन
सामाजिक परीक्षणको निष्कर्ष: छोटो अवधिमा लक्ष्य हासिल गर्न कठिन...
विपद्पछिको गैर-आर्थिक क्षति मापन गर्न जियो-एआई र नीतिगत सुधारमा जोड
विपद्पछिको गैर-आर्थिक क्षति मापन गर्न जियो-एआई र नीतिगत सुधारमा जोड...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment