परराष्ट्र मन्त्री शिशिर खनाल ९औँ भारतीय महासागर सम्मेलनमा सहभागी हुन मॉरिसस प्रस्थान
काठमाडौं, चैत २६ । नेपालका परराष्ट्र मन्त्री शिशिर खनाल भारतका परराष्ट्र मन्त्री डा. एस. जयशंकरको निमन्त्रणामा भारतीय महासागर सम्मेलन (आइओसी)मा सहभागी हुन आज पोर्ट लुइस, मॉरिसस प्रस्थान गरेका छन् ।
परराष्ट्र मन्त्री खनालले १० देखि १२ अप्रिलसम्म आयोजना हुने ९औँ भारतीय महासागर सम्मेलन (आईओसी) २०२६ मा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ । मन्त्री खनालले नेपालका दृष्टिकोण प्रस्तुत गर्दै भारतीय महासागर शासन, हिमाल–महासागर पारिस्थितिक सम्बन्ध, तथा आर्थिक विकासका लागि समुद्री सम्पर्कको महत्वबारे धारणा राख्ने परराष्ट्र मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएको छ ।
भारत फाउन्डेशनले मॉरिसस सरकारसँग सहकार्यमा आयोजना गरेको सम्मेलनको मूल विषयवस्तु “भारतीय महासागरको सामूहिक व्यवस्थापन’’ रहेको छ ।
सम्मेलनका अवसरमा मन्त्री खनालले विभिन्न देशका समकक्षीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको छ । मन्त्री खनाल १३ अप्रिल २०२६ मा नेपाल फर्कने कार्यक्रम रहेको छ ।
मेगु पोस्त: नेवाः टाइम्स
हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह
हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह...
नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ
नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ...
बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ...
विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर
विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर...
अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार
अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार...
घुस लिएको आरोपमा प्राविधिक सहायकविरुद्ध मुद्दा दायर
घुस लिएको आरोपमा प्राविधिक सहायकविरुद्ध मुद्दा दायर...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment