१० भदौ २०८३, बिहिबार

सरकारी कार्यालयमा साताको दुई दिन बिदा, झण्डै २८ अर्ब रुपैयाँ बराबरको ऋण स्वीकार


अ+
अ-

काठमाडौँ, चैत २२ । नेपाल सरकारले सरकारी कार्यालय साताको दुई दिन बिदा दिने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजताका कारण यस्तो निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार भाेलि चैत २३ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको हो । बिदाको दिन थपिएसँगै कार्यालय समयमा पनि परिमार्जन गरिएको छ।

अब सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् । तर शैक्षिक संस्थाहरूको हकमा भने यो समय लागू हुने छैन। मन्त्री पोखरेलले बैठकका अन्य महत्त्वपूर्ण निर्णयहरूबारे पनि जानकारी दिएका थिए।

यस्तै, सरकारले झण्डै २८ अर्ब रुपैयाँ बराबरको ऋण सुविधा स्वीकार गरेको छ । दुई परियोजनाका लागि मन्त्रिपरिषद् बैठकले यस्तो सहुलियतपूर्ण ऋण सहयोग स्वीकार गर्ने निर्णय लिएको हो ।

अर्थ मन्त्रालयअन्तर्गत 'डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्ट' का लागि एसियाली विकास बैंकबाट ४० मिलियन र विश्व बैंकबाट ५० मिलियन अमेरिकी डलर गरी जम्मा ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको छ। त्यसैगरी, 'दिगो र समावेशी वित्त परियोजना' का लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको ऋण पनि सरकारले स्वीकार गर्ने भएको छ।

बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा सबै मन्त्रालय, सचिवालय, आयोग र अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिएको छ ।

वातावरण संरक्षण र इन्धन खपत कम गर्ने उद्देश्यले डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय समेत सरकारले गरेको छ।

यस्तै, आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय भएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
बाढी प्रभावित नेपालका लागि भारतले १० टन मानवीय सहायता र औषधि पठायो

बाढी प्रभावित नेपालका लागि भारतले १० टन मानवीय सहायता र औषधि पठायो

बाढी प्रभावित नेपालका लागि भारतले १० टन मानवीय सहायता र औषधि पठायो...

भोटेकोशी बाढीले नुवाकोट र रसुवामा ९६७ घर बगेको रेडक्रसकाे प्रारम्भिक विवरण

भोटेकोशी बाढीले नुवाकोट र रसुवामा ९६७ घर बगेको रेडक्रसकाे प्रारम्भिक विवरण

भोटेकोशी बाढीले नुवाकोट र रसुवामा ९६७ घर बगेको रेडक्रसकाे प्रारम्भिक विवरण...

रसुवा बाढी : उद्धार र उपचारलाई तीव्र बनाइएको प्रधानमन्त्री शाहको भनाइ

रसुवा बाढी : उद्धार र उपचारलाई तीव्र बनाइएको प्रधानमन्त्री शाहको भनाइ

रसुवा बाढी : उद्धार र उपचारलाई तीव्र बनाइएको प्रधानमन्त्री शाहको भनाइ...

रसुवाको भोटेकोशी बाढी : ३६ जनाको शव फेला, २४५ जना सम्पर्कविहीन

रसुवाको भोटेकोशी बाढी : ३६ जनाको शव फेला, २४५ जना सम्पर्कविहीन

रसुवाको भोटेकोशी बाढी : ३६ जनाको शव फेला, २४५ जना सम्पर्कविहीन...

रसुवा बाढीमा घाइते २५ जना काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत

रसुवा बाढीमा घाइते २५ जना काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत

रसुवा बाढीमा घाइते २५ जना काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत...

लेहेन्दे खोलाबाट शुरू भयाे बाढी:   बाढी प्रभावितको हेलिकोप्टरबाट उद्धार गर्न प्राधिकरणको निर्देशन

लेहेन्दे खोलाबाट शुरू भयाे बाढी: बाढी प्रभावितको हेलिकोप्टरबाट उद्धार गर्न प्राधिकरणको निर्देशन

लेहेन्दे खोलाबाट शुरू भयाे बाढी: बाढी प्रभावितको हेलिकोप्टरबाट उद्धार गर्न प्राधिकरणको निर्देशन...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्