९ भदौ २०८३, बुधबार

प्रवेश परीक्षा तयारी कक्षा सञ्चालनमा पूर्ण प्रतिबन्ध


अ+
अ-

काठमाडौं, चैत १५ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तथा उच्च शिक्षामा भर्ना प्रक्रिया सुरु हुनु अघि सञ्चालन गरिँदै आएका ‘इन्स्ट्रान्स प्रिपेरेशन’ कक्षा र ब्रिज कोर्सहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ।
मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार विभिन्न शैक्षिक संस्थाले प्रवेश परीक्षाको तयारीका नाममा कक्षा सञ्चालन गर्दै आएको पाइएपछि यस्तो निर्णय गरिएको हो। यस्ता कार्यक्रमले विद्यार्थीको मनोविज्ञानमा नकारात्मक असर पार्नुका साथै शिक्षामा समान पहुँचमा बाधा पुर्‍याउने र अभिभावकमाथि अनावश्यक आर्थिक भार थप्ने देखिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार आगामी २०८३ साल वैशाख १ गतेदेखि विद्यालय तहका विभिन्न कक्षा तथा उच्च शिक्षाका विभिन्न तहमा भर्ना लक्षित प्रवेश तयारी कक्षा तथा ब्रिज कोर्सका नाममा सञ्चालन हुने सम्पूर्ण कार्यक्रम पूर्ण रूपमा बन्द गरिनेछ। यस सम्बन्धमा मन्त्रिस्तरीय निर्णय भइसकेको र सोहीअनुसार कार्यान्वयन गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिइएको छ।
त्यस्तै, उक्त निर्णयको अवज्ञा गरी यस्ता कक्षा सञ्चालन गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी मन्त्रालयले दिएको छ। साथै, यस्ता गतिविधिको अनुगमन गरी आवश्यक कारबाही अगाडि बढाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई समेत अनुरोध गरिएको छ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता शिवकुमार सापकोटाले हस्ताक्षर गरेको विज्ञप्तिमा विद्यार्थीमैत्री र समतामूलक शिक्षा प्रणाली कायम गर्न यस्तो कदम चालिएको उल्लेख गरिएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
मनसुनको ६० दिनमा सरदरभन्दा कम वर्षा

मनसुनको ६० दिनमा सरदरभन्दा कम वर्षा

मनसुनको ६० दिनमा सरदरभन्दा कम वर्षा...

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले औपचारिक काम थाल्यो

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले औपचारिक काम थाल्यो

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले औपचारिक काम थाल्यो...

भूमि प्रयोग र भूमि अधिकारमा गम्भीर बहस आवश्यक : नाफान

भूमि प्रयोग र भूमि अधिकारमा गम्भीर बहस आवश्यक : नाफान

भूमि प्रयोग र भूमि अधिकारमा गम्भीर बहस आवश्यक : नाफान...

ग्वलः देमा ‘नासः द्यः छेँ’ पुनःनिर्माण सम्पन्न

ग्वलः देमा ‘नासः द्यः छेँ’ पुनःनिर्माण सम्पन्न

ग्वलः देमा ‘नासः द्यः छेँ’ पुनःनिर्माण सम्पन्न...

सामाजिक परीक्षणको निष्कर्ष: छोटो अवधिमा लक्ष्य हासिल गर्न कठिन

सामाजिक परीक्षणको निष्कर्ष: छोटो अवधिमा लक्ष्य हासिल गर्न कठिन

सामाजिक परीक्षणको निष्कर्ष: छोटो अवधिमा लक्ष्य हासिल गर्न कठिन...

वर्षाका कारण बाँसबारीमा गेष्ट हाउस भासियो

वर्षाका कारण बाँसबारीमा गेष्ट हाउस भासियो

वर्षाका कारण बाँसबारीमा गेष्ट हाउस भासियो...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्