९ भदौ २०८३, बुधबार

गृहमन्त्री गुरुङको निर्देशन : विपद पूर्वतयारीका लागि जनशक्ति, उपकरण तयारी अवस्थामा राख्नू


अ+
अ-

काठमाडौँ, चैत १५ । गृहमन्त्री सुधन गुरुङले आगामी मनसुनलाई लक्षित गरी विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना आम नागरिकको सुरक्षा हुनेगरी बनाउन निर्देशन दिएका छन्। साथै, उनले विपद् प्रतिकार्यका लागि आवश्यक जनशक्ति तथा उपकरण तयारी अवस्थामा राख्न पनि निर्देशन दिए।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरिरहेका कार्यहरूको जानकारी लिएपश्चात् गृहमन्त्री गुरुङले नागरिकलाई समस्या परेको बेला राज्यले जुनसुकै साधन र स्रोत परिचालन गर्न हिच्किचाउन नहुने बताए। उनले भने, “नागरिकको जीवन बचाउनु राज्यको सबैभन्दा महत्त्वपूर्ण दायित्व हो। त्यसैले जुनसुकै विपद्का लागि तयारी अवस्थामा रहन आवश्यक छ।”

गृहमन्त्री गुरुङले शिक्षालयमा विपद् व्यवस्थापनको पाठ्यक्रम समावेश गर्नुपर्नेमा पनि जोड दिए। उनले विद्यालय तथा कलेजका पाठ्यक्रममा विपद् सम्बन्धी विषयवस्तु राखिनुपर्ने र विद्यार्थीहरूलाई विपद्सम्बन्धी आधारभूत तालिम दिनुपर्ने आवश्यकता औँल्याए।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ई. दिनेश प्रसाद भट्टले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि हाल भइरहेका कार्य, आगामी प्राथमिकता र चुनौतीबारे प्रस्तुतीकरण गरेका थिए।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
मनसुनको ६० दिनमा सरदरभन्दा कम वर्षा

मनसुनको ६० दिनमा सरदरभन्दा कम वर्षा

मनसुनको ६० दिनमा सरदरभन्दा कम वर्षा...

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले औपचारिक काम थाल्यो

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले औपचारिक काम थाल्यो

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले औपचारिक काम थाल्यो...

भूमि प्रयोग र भूमि अधिकारमा गम्भीर बहस आवश्यक : नाफान

भूमि प्रयोग र भूमि अधिकारमा गम्भीर बहस आवश्यक : नाफान

भूमि प्रयोग र भूमि अधिकारमा गम्भीर बहस आवश्यक : नाफान...

ग्वलः देमा ‘नासः द्यः छेँ’ पुनःनिर्माण सम्पन्न

ग्वलः देमा ‘नासः द्यः छेँ’ पुनःनिर्माण सम्पन्न

ग्वलः देमा ‘नासः द्यः छेँ’ पुनःनिर्माण सम्पन्न...

सामाजिक परीक्षणको निष्कर्ष: छोटो अवधिमा लक्ष्य हासिल गर्न कठिन

सामाजिक परीक्षणको निष्कर्ष: छोटो अवधिमा लक्ष्य हासिल गर्न कठिन

सामाजिक परीक्षणको निष्कर्ष: छोटो अवधिमा लक्ष्य हासिल गर्न कठिन...

वर्षाका कारण बाँसबारीमा गेष्ट हाउस भासियो

वर्षाका कारण बाँसबारीमा गेष्ट हाउस भासियो

वर्षाका कारण बाँसबारीमा गेष्ट हाउस भासियो...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्