११ भदौ २०८३, शुक्रबार

रविको निर्देशन: 'भनसुन होइन, काम गरेर देखाऊ, मन्त्रीका लागि दौडधुप नगर'


अ+
अ-

ललितपुर, चैत ४ । आफू नेता हुन खोज्ने, मन्त्री बन्न दौडधुप गर्ने पुरानो शैली त्यागेर जनताको काममा केन्द्रित हुन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिएका छन्।

पार्टीको दुईदिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले सरकार गठन विज्ञता र क्षमताको आधारमा हुने स्पष्ट पार्दै मन्त्री बन्न नेतृत्वसामु दौडधुप गर्ने प्रवृत्ति त्याग्न आग्रह गरे। 'मन्त्री बन्न अग्रसर नहुने, जनताका सवालमा लाग्ने' उनको सन्देशले कार्यक्रममा सहभागी सबैको ध्यान तानेको थियो।

"परिवर्तनको नेतृत्व, परिणामको राजनीति" भन्ने नारासहित चैत्र ३ र ४ गते ललितपुरमा आयोजित उक्त अभिमुखीकरण कार्यक्रममा नवनिर्वाचित सांसदहरूलाई संसदीय प्रक्रिया, विधायन र नीति निर्माणका बारेमा प्रशिक्षण दिइएको थियो।

कार्यक्रममा पार्टी सभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्लेले घण्टी बजाएर उद्घाटन गरेका थिए। वाग्लेले प्रभावकारी संसदीय अभ्यास र उत्तरदायी नेतृत्वको आवश्यकता औंल्याएका थिए भने अर्यालले जनतासँग नजिक रहेर काम गर्न निर्देशन दिएका थिए।

कार्यक्रममा पूर्वसचिव तथा विज्ञहरूले नेपालको संवैधानिक व्यवस्था, संसदीय समितिको भूमिका, बजेट निर्माण, सुशासन र पारदर्शिताका मापदण्डबारे सहजीकरण गरेका थिए। विशेष गरी कृत्रिम बुद्धिमत्ता र एल्गोरिदमले लोकतन्त्र र सुशासनमा पार्ने प्रभावबारे पनि प्रस्तुति राखिएको थियो।

समापन सत्रमा लामिछानेले मधेश र कर्णालीको विकासलाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिँदै विपक्षीहरूलाई कटाक्ष नगर्न पनि आग्रह गरे। उनले विश्वविद्यालय सुधार, उद्योग सञ्चालन र रोजगारी सिर्जना जस्ता मुद्दामा ध्यान दिन निर्देशन दिए।

"यो जित रास्वपाको मात्र होइन, जनताको हो। अझै धेरै जिम्मेवार बन्नुपर्छ," लामिछानेले भने। साथै, उनले पार्टीको विधानमा रहेको 'राइट टु रिकल' (जनताले जनप्रतिनिधि फिर्ता बोलाउन सक्ने अधिकार) लागू गर्ने प्रतिबद्धता दोहोर्याउँदै जनप्रतिनिधिहरू जनताप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिए।

योग तथा ध्यानसहितको माइण्डफुलनेस अभ्यास गरिएको कार्यक्रमले नवनिर्वाचित सांसदहरूलाई प्रभावकारी र परिणाममुखी भूमिका निर्वाह गर्न आवश्यक ज्ञान, सीप र दृष्टिकोण विकासमा टेवा पुर्याउने विश्वास गरिएको छ। 

रास्वपाका सभापति अभिमुखीकरणमा सहभागी नभएपनि समापनसत्रमा कार्यक्रममा पुगेका थिए ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
रसुवा सीमाक्षेत्र नजिकै ठूलो ताल बन्यो, तीन दिनभित्र फुट्न सक्ने चीनको चेतावनी

रसुवा सीमाक्षेत्र नजिकै ठूलो ताल बन्यो, तीन दिनभित्र फुट्न सक्ने चीनको चेतावनी

रसुवा सीमाक्षेत्र नजिकै ठूलो ताल बन्यो, तीन दिनभित्र फुट्न सक्ने चीनको चेतावनी...

रसुवामा ३३६ जनाको हवाई उद्धार, ४५ विदेशी नागरिक

रसुवामा ३३६ जनाको हवाई उद्धार, ४५ विदेशी नागरिक

रसुवामा ३३६ जनाको हवाई उद्धार, ४५ विदेशी नागरिक...

बाढी प्रभावितलाई डब्लुएचओको स्वास्थ्य सामग्री सहयोग

बाढी प्रभावितलाई डब्लुएचओको स्वास्थ्य सामग्री सहयोग

बाढी प्रभावितलाई डब्लुएचओको स्वास्थ्य सामग्री सहयोग...

नेपालका लागि भारतले थप ३७.५ टन राहत सामग्री पठायो

नेपालका लागि भारतले थप ३७.५ टन राहत सामग्री पठायो

नेपालका लागि भारतले थप ३७.५ टन राहत सामग्री पठायो...

रसुवामा ११६ जनाको सकुशल उद्धार, थप हेलिकोप्टर तयारी अवस्थामा

रसुवामा ११६ जनाको सकुशल उद्धार, थप हेलिकोप्टर तयारी अवस्थामा

रसुवामा ११६ जनाको सकुशल उद्धार, थप हेलिकोप्टर तयारी अवस्थामा...

भोटेकोशी बाढी : १६५ शव फेला, ८२६ सम्पर्कविहीन, २३९ को उद्धार

भोटेकोशी बाढी : १६५ शव फेला, ८२६ सम्पर्कविहीन, २३९ को उद्धार

भोटेकोशी बाढी : १६५ शव फेला, ८२६ सम्पर्कविहीन, २३९ को उद्धार...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्