काठमाडौं, साउन २५ । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको शिष्टाचार भेटमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।
भेटमा भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना दिँदै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।
प्रधानमन्त्री शाहले भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्नेमा जोड दिए।
भेटवार्तामा नेपाल–भारतबीचको मित्रवत् सम्बन्धलाई थप मजबुत बनाउने तथा विकास र सहकार्यका क्षेत्रमा अघि बढ्ने विषयमा छलफल भएको जनाइएको छ।
अन्य लेखहरू: नेवाः टाइम्स
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिमै रमाना दिन निर्देशन
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिमै रमाना दिन निर्देशन...
जोमसोममा आजदेखि ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’
जोमसोममा आजदेखि ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’...
कृष्णभीरकाे नयाँ ट्र्याक असाेज १ बाटसंचालन हुने
कृष्णभीरकाे नयाँ ट्र्याक असाेज १ बाटसंचालन हुने...
जोखिमयुक्त तटीय क्षेत्रमा पुनःबस्ती बसाउँदैनौँ : प्रधानमन्त्री शाह
जोखिमयुक्त तटीय क्षेत्रमा पुनःबस्ती बसाउँदैनौँ : प्रधानमन्त्री शाह...
बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल
बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment