३० भदौ २०८३, बुधबार

टेकुको बायोग्यास प्लान्ट सञ्चालनमा ल्याउन काठमाडौं महानगर र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता


अ+
अ-

काठमाडौं, साउन १८ । काठमाडौं महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच टेकुस्थित बायोग्यास (वेस्ट टु इनर्जी) प्लान्ट सञ्चालनमा ल्याउने सम्झौता भएको छ।
महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको उपस्थितिमा सोमबार महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सहरमा उत्पादन हुने जैविक फोहरलाई आधुनिक र प्रविधिमैत्री ढंगले व्यवस्थापन गर्ने उद्देश्यले सम्झौता गरिएको महानगरपालिकाले जनाएको छ।
सम्झौतापछि कार्यवाहक प्रमुख डंगोलले परियोजनालाई निर्धारित समयमै सञ्चालनमा ल्याउन र दीगो व्यवस्थापन सुनिश्चित गर्न सम्बन्धित निकायले प्रभावकारी रूपमा काम गर्नुपर्नेमा जोड दिइन्। उनले प्लान्ट सञ्चालनमा आएपछि जैविक फोहर व्यवस्थापन थप व्यवस्थित हुनुका साथै ऊर्जा र जैविक मल उत्पादनमार्फत वातावरण संरक्षणमा पनि योगदान पुग्ने विश्वास व्यक्त गरिन्।
टेकुस्थित बायोग्यास प्लान्ट काठमाडौं महानगरपालिकाको एकीकृत दिगो फोहर व्यवस्थापन परियोजनाअन्तर्गत २०७२ सालमा निर्माण सुरु भई २०७५ सालदेखि सञ्चालनमा ल्याउने लक्ष्य राखिएको थियो। प्लान्टबाट दैनिक ३ मेट्रिक टन जैविक फोहर प्रशोधन गरी १४ किलोवाट विद्युत्, ३०० किलोग्राम जैविक मल र १३ हजार ५०० लिटर प्रशोधित पानी उत्पादन गर्ने योजना रहेको छ।
परियोजनामा काठमाडौं महानगरपालिका र युरोपेली संघको साझेदारीमा करिब एक करोड ८२ लाख रुपैयाँ लगानी गरिएको छ। महानगरपालिकाले यो सम्झौतासँगै लामो समयदेखि पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको प्लान्टलाई पुनः सञ्चालनमा ल्याएर जैविक फोहरको दिगो व्यवस्थापन र ऊर्जा उत्पादनलाई प्रभावकारी बनाउने अपेक्षा गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिमै रमाना दिन निर्देशन

सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिमै रमाना दिन निर्देशन

सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिमै रमाना दिन निर्देशन...

जोमसोममा आजदेखि ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’

जोमसोममा आजदेखि ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’

जोमसोममा आजदेखि ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’...

कृष्णभीरकाे नयाँ ट्र्याक असाेज १ बाटसंचालन हुने

कृष्णभीरकाे नयाँ ट्र्याक असाेज १ बाटसंचालन हुने

कृष्णभीरकाे नयाँ ट्र्याक असाेज १ बाटसंचालन हुने...

बेलायत विभाजनको राजनीतिक दबाब तीव्र

बेलायत विभाजनको राजनीतिक दबाब तीव्र

बेलायत विभाजनको राजनीतिक दबाब तीव्र...

जोखिमयुक्त तटीय क्षेत्रमा पुनःबस्ती बसाउँदैनौँ : प्रधानमन्त्री शाह

जोखिमयुक्त तटीय क्षेत्रमा पुनःबस्ती बसाउँदैनौँ : प्रधानमन्त्री शाह

जोखिमयुक्त तटीय क्षेत्रमा पुनःबस्ती बसाउँदैनौँ : प्रधानमन्त्री शाह...

बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल

बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल

बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्