Skip to content
Menu
  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • समाज
  • महिला
  • स्वास्थ्य
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • विश्व
Menu

काठमाडौं उपत्यका (फाेटाे फिचर)

बसन्त महर्जन
July 26, 2021July 26, 2021
FacebookTweetLinkedIn

काठमाडौं उपत्यका कुनै बेला तलाउको रुपमा थियो भन्ने कुरा कसैकाे कपाेल कल्पना थिएन । साहित्यिक स्रोतहरुमा उल्लेखित याे कुरा भाैगर्भिक अन्वेषणबाट पुष्टि भयो । हजारौं वर्ष अघिको तलाउ अहिले एउटा सुन्दर र समृद्धिशाली उपत्यकाको रुपमा विकास भएको छ । नेपालको राजधानी यही उपत्यकामा पर्दछ ।

गाैतम बुद्ध (ई.पू. ५६३-४८३) काे समय, अर्थात् साढे दुई हजार वर्षअघिकाे काठमाडाैं उपत्यकाकाे वर्णन “मूलसर्वनस्तीवादविनयसूत्र” नामकाे बाैद्धग्रन्थमा परेकाे छ । त्यस बेलासम्ममा याे ठाउँ व्यापारिक केन्द्रकाे रुपमा विकास भइसकेकाे पाइन्छ । त्यही बेलादेखिको सामाजिक तथा सास्कृतिक जनजीवन वर्तमानमा पनि निरन्तर र जीवन्त रहेको पाइनु कम्ती चाललाग्दो कुरा होइन । इतिहासको त्यो प्रवाहलाई यस उपत्यकाका आदिवासी नेवार समुदायले थाम्दै आइरहेको छ । हजारौं वर्षअघिको सभ्यतालाई जोगाउँदै अत्याधुनिक सभ्यतालाई पनि आत्मसात गर्दे प्रतिस्पर्धात्मक विश्वमा छुट्टै पहिचान बनाइराख्न सक्नु अर्को चाललाग्लाग्दो कुरा भएको छ । 

केही हजार वर्षअघिदेखि केन्द्रकाे रूपमा रहेकाे काठमाडाैं उपत्यका वर्तमान नेपालकाे केन्द्रीय राजधानी पनि हाे । महानगर तथा नगरपालिकाहरूले भरिएकाे याे उपत्यका अन्यत्रका नेपालीका लागि पनि अाकर्षणकाे थलाे बनेका कारण जनघनत्व बढ्दाे छ । यही रफ्तारले जनघनत्व बढ्ने र यसलाइ नियन्त्रण वा व्यवस्थापन गर्न नसक्ने हाे भने काठमाडाैं उपत्यकाकाे वैभवता नकारात्मक रूपमा रूपान्तरण हुने खतरा देख्छन्, विज्ञहरू ।

यस उपत्यकाको चारैतिर हरिया पहाडहरु रमाइला छन् । विभिन्न दिशाका पहाडहरु कुनै न कुनै मिथकसँग समवन्धित छन् र निश्चित दिनहरुमा त्यहाँ नेवारहरु मेला भर्न जाने गर्दछन् । अन्य समुदायका लागि पनि यी स्थानहरु पर्यटकीय स्थल भएको छ । 

शिवपुरी डाँडाबाट देखिएकाे काठमाडाैं उपत्यका
कीर्तिपुरबाट देखिने काठमाडाैं उपत्यका
दक्षिण-पश्चिमस्थित धिनाच्वबाट देखिने प्रसिद्ध स्वयम्भू महाचैत्यसहित काठमाडाैं उपत्यका
प्रसिद्ध न्यातपाेल मन्दिरसहित प्राचीन भक्तपुर नगर
उत्तरस्थित पाँचमानेमाथि तारकेश्वर मन्दिर क्षेत्रबाट देखिने काठमाडाैं उपत्यका
भक्तपुर सुडालस्थित बाैद्ध तीर्थस्थल ल्हासापाकाेबाट देखिने काठमाडाैं उपत्यका

फोटो/शब्द : बसन्त महर्जन

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला पाेस्टहरू

  • शिलुकाे साङ्केतिक भाषा माेह
  • वातावरण संरक्षणमा समस्या बनेकाे प्लास्टिक
  • वातावरण र विपद एक सिक्काकाे दुई पाटाेः ‘डिजास्टर डाइलग’
  • जनगणनामा हराएका कम्युनिष्टहरू
  • राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण
  • इ–जस्टिस प्रणाली लागू गरिनु पर्छः न्यायाधीश सपना प्रधान मल्ल
  • टुँडिखेलमा गणतन्त्र दिवस
  • रेशम चाैधरीकाे रिहाइमा समर्थन र विराेध
  • सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नु पर्दैन ?
  • समस्याग्रस्त कार्यक्रम: स्कुल स्यानिटरी प्याड
  • सूचनाको हकको दृष्टिकोणबाट श्रीलंका सशक्त
  • सडक बालबालिकालाई नागरिकताकाे प्रमाणपत्र प्रदान गर्न परमादेश जारी
  • सिति नखःको वातावरणीय कुरा
  • हावाहुरीका कारण सुर्खेतको चौकुनेमा क्षति
  • लोककल्याणकारी विज्ञापन वितरण कार्यक्रम निरन्तर हुने
  • भानुभक्तले नदेखेको काठमाडौं हर्क साम्पाङले देखेपछि
  • माैसममा पश्चिमी वायुकाे प्रभाव
  • जलवायु परिवर्तनको न्यूनीकरणका लागि जैविक विविधता संरक्षण
  • सडक दुर्घटनाबाट हुने जोखिम कम गर्न बजेटमा प्राथमिकता दिन सुझाव
  • गिद्ध चिनौं बुद्ध बुझौं

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes