0 2 mths

कुनै बेलाको गुलजार बस्ती, शहर वा व्यापारिक केन्द्र समयको क्रममा उजाड र उराठ लाग्दो बन्न सक्छ । त्यस्तै कुनै समयको सानो गाउँले अचानक वा शनैःशनैः ठूलो शहरको रुपमा लिनसक्छ । यस्ता परिवर्तन वा विकासकाे प्रकृयालाइ नेवार वस्तीहरूले कम्तीमा पनि तीन हजार वर्षभित्र थुप्रै अनुभव गरेकाे छ ।

इतिहासको उषाकालदेखि नै काठमाडौं उपत्यका समृद्ध शहरको रुपमा विकास भएको थियो । वरिपरि क्षेत्रका लागि यो केन्द्र नै थियो । समयको प्रवाहलाई आत्मसाथ गर्दै अगाडि बढ्ने क्रममा काठमाडौं उपत्यका वर्तमानमा पनि नेपालको केन्द्रकै रुपमा छ । राेम दुइचार दिनमा बनेकाे सहर हेइन भनेजस्तै काठमाडैं पनि थाेरै दिनमा यति भव्य बनेकाे पक्कै हाेइन ।

काठमाडौं उपत्यका वरिपरिका कतिपय वस्ती, शहर तथा व्यापारिक केन्द्रहरु हाल इतिहासको अवशेषका रुपमा पनि रहेका छन् । कहीं नयाँ बाटो बन्ने क्रममा पुरानो वस्ती सुकेको पाइन्छ भने कहीं सदरमुकामको परिवर्तन सँगै ती वस्तीहरु इतिहासकाे पानाजस्तै विरानाे बन्न पुगेका छन् ।

नेवार सभ्यताकाे पुराना वा नयाँ सहर वा वस्तीको स्वरुप कस्तो थियो भन्ने कुरा कौतुहलको विषय हुन सक्छ । हजार वर्षअघि निर्मित वस्तीहरूकाे संरचना अझै देख्न पाइन्छ । वर्तमानमा निर्मित संरचनाले पनि पुरानै लय पक्रने भएका कारण सभ्यताकाे त्याे साेपानले निरन्तरता पाइरहेकाे भन्न सकिन्छ । दुइ तीन हजार वर्षअघि कस्ताे हुन्थ्याे हाेला भनेर अनुमान गर्दा एक खालकाे रमाइलाे अनुभव हुन्छ, राेमाञ्चित पनि हुन्छ । र मनमा प्रश्न उठ्छ, अाजभाेलि नेवार सभ्यताकाे जुन लय छ, त्याे उहिलेदेखिकै निरन्तरता त हाेइन ? यस हिसावले वर्तमानमा संरक्षित नेवार वस्तीकाे संरक्षण गर्न नितान्त जरूरी छ किनभने याे वर्तमानकाे मात्रै कुरा नभएर विगतकाे नासाे पनि हाे । बेग्लै र विशिष्ट पहिचानका कारण याे विश्व जगतका लागि नाैलाे र अाकर्षणकाे विषय बनेकाे छ ।  

प्राचीन नेवार वस्ती वा सभ्यता झल्काउने नेवार वस्तीहरू काठमाडैं उपत्यकामा हुनु स्वाभाविक हाे भने, यसभन्दा पनि टाढाटाढा पाइनुले नेवार सभ्यताकाे प्रसार कहाँसम्म पुगेकाे रहेछ भन्ने कुरा थाहा हुन्छ । साथै, यसले इतिहास पनि बताइरहेकाे हुन्छ । यी वस्ती, सहर तथा व्यापारिक केन्द्रहरुमा नेवार समुदायकै वर्चश्व थियो भन्ने दरिलो प्रमाण हो, अवशेषको रुपमा रहेका वास्तु कला तथा साँस्कृतिक अवयवहरु नेवार सभ्यतासँग सम्वन्धित पाइनु । त्यहाँ अझै पनि इतिहास कुरेर बसिरहे झै नेवार समाज नै विद्यमान छन् । यी कुराहरू खुल्ला संग्रहालयका रुपमा देख्न पाइनु सुखद् पक्ष हे । 

भारतकाे बनारसस्थित ललिताघाट माथिकाे नेपाली मन्दिर
कीर्तिपुरकाे दक्षिणी माेहडा
भीमढुंगा
भक्तपुर
बन्दिपुर
बन्दिपुर
गाेरखा
गाेरखा
गाेरखा

फोटो/शब्द : बसन्त महर्जन

Leave a Reply

Your email address will not be published. Required fields are marked *