0 2 mths

काठमाडौं, ३१असार । सरकारले चीनसँग खरिद गरेको ४० लाख डोज खोपमध्येको पहिलो लटको ८ लाख डोज खोप २५ असारमा आएपछि २९ गतेदेखि देशका विभिन्न केन्द्रबाट विभिन्न पेशाकर्मी तथा ५५ वर्षभन्दा बढी उमेर समूहलाई खाेप वितरण हुँदैछ । चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोपको ल्याउन बाँकी खाेप निर्धारित तालिकाअनुसार नेपाल बायुसेवा निगमको जहाजबाट भाेलि साउन १ गते र साउन ८ गते नेपाल ल्याउने तयारी छ ।

नेपाल ए.पी.एफ. अस्पतालमा खाेपका लागि पुगेका नागरिकहरू दिनभरी लाइनमा बस्दा पनि खाेप नपाएपछि सयाैंकाे संख्यामा फर्किन बाध्य भएका थिए भने खाेपकाे अनन्त पर्खाइमा रहेका कतिपय नागरिकहरू बिहानदेखि लाइनमा बस्दा पनि पालाे नअाएपछि भाेलिपल्ट गएर खाेप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *