Skip to content
NewaTimes
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • महिला
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • स्वास्थ्य
  • विश्व
Menu

रेशम चाैधरीकाे रिहाइमा समर्थन र विराेध

नेवाः टाइम्स
May 29, 2023May 29, 2023
FacebookTweetLinkedIn

काठमाडौं, जेठ १५ गते । टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका रेशम चौधरी रिहा भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा रेशमसहित १९ जनाको कैद सजाय माफी गरेसँगै चौधरी रिहा भएका हुन् । उनकाे रिहाइलाइ लिएर पक्ष र विपक्षमा चर्काे बहस पनि हुन थालेकाे छ ।

टिकापुर हत्याकाण्डमा दोषी ठहर भएर तीनै तहको अदालतबाट जेल सजाय पाएका चौधरीले रिहाइ पछि यसलाइ अाकस्मिक रूपमा नलिएकाे बरू अलि ढिलाे भएकाे प्रतिक्रिया दिए । टिकापुर घटनामा अाफू संलग्न नभएकाे, घटनाकाे बेला अाफू घटनास्थलमा छँदा पनि नभएकाे तर विना कारण अाफूलाइ दाेषी मानिएकाे प्रतिक्रिया दिँदै अाएका छन् । रिहा भएपछि दिएकाे प्रतिक्रियामा टिकापुरकाे अान्दाेलन राजनीतिक भएकाे तर हत्याकाण्डलाइ दुर्भाग्यपूर्ण भनेका छन् ।

टिकापुर हत्याकाण्डमा प्रहरी तथा बालकसहितकाे हत्या भएकाे थियाे । हत्यामा संलग्न भनी अदालतबाट कैद सजाँय पाएकालाइ गणतन्त्र दिवसकाे नाममा अाममाफी दिएकाे भन्दै कतिपयले विराेध गरिरहेका छन् भने कतिपयले यसलाइ राज्यकाे सही निर्णय भन्दै प्रशंसा गरिरहेका छन् ।

राष्ट्रपतिबाट गणतन्त्र दिवसको अवसरमा आम माफी पाएका उनको स्वागतका लागि श्रीमती एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा भूमि, व्यवस्था  सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीलगायत अन्य नेता कार्यकर्ता र शुभेच्छुकहरु डिल्लीबजार कारागार पुगेर रेशम चाैधरीलाई फूलमालाले भव्य स्वागत गरेका छन् ।

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला पाेस्टहरू

  • कुमारी रथयात्रा गरी येँयाः पुन्हिकाे तेस्राे दिन मनाउँदै
  • पूर्णिमा विना अक्सिजन मनास्लु हिमाल आराेहण गर्न सफल
  • सुरू भयाे येँयाः (फाेटाे फीचर)
  • सहरी विकास र व्यवस्थापन विषयमा चिनियाँ नेताहरूसँग उपमेयर सुनिताकाे कुराकानी
  • आमाको नामबाट नागरिकता लिँदा बुवाको नाम नभए पनि हुने सर्वाेच्चकाे परमादेश
  • येँयाः (इन्द्रजात्रा) काे पूर्वसन्ध्या- फाेटाे फीचर
  • बालेन शाहले नदेखेको काठमाडौं
  • आन्दोलनरत शिक्षक र सरकारबीच के के सहमति भए ? 
  • मुगुकाे गमगढी बजारमा आगलागी
  • विद्यालय शिक्षककाे अनिश्चितकालीन आन्दोलन
  • काठमाडौंका प्रअहरुद्वारा बालेनलाई टेरेनन् , विद्यालय बन्द गरी आन्दोलनमा जाने निर्णय
  • रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन
  • सरकार र चिकित्सक संघबीच सहमति
  • भयानक आँधीले तहस नहस बनायाे लिबिया: ११ हजारभन्दा बढीकाे मृत्युु
  • विद्यार्थीलाई भ्रष्टाचार न्यूनीकरण अभिमुखिकरण तालिम
  • बाैद्ध धर्मकाे विस्तारमा अवराेधकाे कारण खाेज्दै
  • सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप
  • माेरक्काेमा शक्तिशाली भूकम्प
  • क्रिश्चियन गाउँमा चेपाङकाे नुवाङ्गी (फाेटाे फीचर)
  • नुवाङ्गी घरमै मनाउनुपर्छ

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes NewaTimes