जेठ १०, काठमाडाैं ।
जेठ ७, ८ र ९ गते आएको हावाहुरीका कारण सुर्खेतको चौकुने गाउँपालिकाका वडा नं. ४, ८ र ९ मा सयाैं घरहरू क्षतिग्रस्त भएका छन् । राष्ट्रिय विपद जाेखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हावाहुरीबाट पालिकाका सबै वडाहरू प्रभावित भई करिव १ सय ७५ वटा घरहरुमा क्षति भएको छ ।
स्थानीय पालिकाले जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा क्षति पुगेका घरहरुको प्रारम्भिक विवरण संकलन गरिरहेको छ । गाउँपालिकाका अध्यक्ष खड्क वि.क.का अनुसार प्रभावितहरू स्थानीय विद्यालय र आफन्तकोमा आश्रय लिईरहेका छन् ।
राष्ट्रिय विपद जाेखिम न्यूनीकरणा तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लाे चाैविस घण्टामा हावाहुरीबाट कञ्चनपुरमा दुइजना घाइते भएका छन् भने देशका अाठ ठाउँमा हावाहुरीले क्षति पुर्याएकाे थियाे ।