Skip to content
Menu
  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • समाज
  • महिला
  • स्वास्थ्य
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • विश्व
Menu

लोककल्याणकारी विज्ञापन वितरण कार्यक्रम निरन्तर हुने

नेवाः टाइम्स
May 24, 2023May 24, 2023
FacebookTweetLinkedIn

१० जेठ, काठमाडौं । सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माको सचिवालयले प्रेस नाेट जारी गर्दै लोककल्याणकारी विज्ञापन वितरण कार्यक्रम निरन्तर हुने जनाएको छ ।

बुधबार मन्त्रालयका सञ्चार विज्ञ नरेन्द्र केसीले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘चालु आर्थिक वर्षको विनियोजित रकम अपुग हुन गएकाले यसका लागि थप रकमको व्यवस्था गरिने र आगमी दिनमा लोककल्याणकारी विज्ञापन वितरण कार्यक्रम निरन्तर हुने मन्त्रीज्यूले स्पष्ट गरिसक्नुभएको व्यहोरा सम्बद्ध सबैमा अनुरोध गर्न चाहन्छु ।’

हिजो मंगलबार नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका अध्यक्ष श्रीजन झाकाे अगुवाइमा गएकाे पत्रकारहरूकाे ज्ञापनपत्र बुझ्दै मन्त्री शर्माले “लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको कुनै नीति नरहेको र नरोकिने” प्रतिवद्धता जनाएकी थिइन् ।

यसअघि विज्ञापन बोर्डले रकम अभावको कारण देखाउँदै यही जेठ १५ बाट लोककल्याणकारी विज्ञापनवापतको रकम उपलब्ध नगराउने निर्णय गरि सूचना जारी गरेको थियो । यसकाविरुद्ध नेपाल पत्रकार महासंघ आन्दोलित बन्दै बाेर्ड घेराउ तथा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँको कार्यकक्षमा तालाबन्दीसमेत गरेको थियो । पत्रकारहरुले विज्ञापन बोर्ड खारेजीको मागसमेत गरेका थिए ।

सरकारको यो भनाईसँगै पत्रकार महासंघ उपत्यका प्रदेश समितिले आन्दोलनका सबै कार्यक्रम सथगन गरेकाे समितिका महासचिव टेनिस राेकाद्वारा जारी विज्ञप्तिमा जनाइएकाे छ ।

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला पाेस्टहरू

  • शिलुकाे साङ्केतिक भाषा माेह
  • वातावरण संरक्षणमा समस्या बनेकाे प्लास्टिक
  • वातावरण र विपद एक सिक्काकाे दुई पाटाेः ‘डिजास्टर डाइलग’
  • जनगणनामा हराएका कम्युनिष्टहरू
  • राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण
  • इ–जस्टिस प्रणाली लागू गरिनु पर्छः न्यायाधीश सपना प्रधान मल्ल
  • टुँडिखेलमा गणतन्त्र दिवस
  • रेशम चाैधरीकाे रिहाइमा समर्थन र विराेध
  • सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नु पर्दैन ?
  • समस्याग्रस्त कार्यक्रम: स्कुल स्यानिटरी प्याड
  • सूचनाको हकको दृष्टिकोणबाट श्रीलंका सशक्त
  • सडक बालबालिकालाई नागरिकताकाे प्रमाणपत्र प्रदान गर्न परमादेश जारी
  • सिति नखःको वातावरणीय कुरा
  • हावाहुरीका कारण सुर्खेतको चौकुनेमा क्षति
  • लोककल्याणकारी विज्ञापन वितरण कार्यक्रम निरन्तर हुने
  • भानुभक्तले नदेखेको काठमाडौं हर्क साम्पाङले देखेपछि
  • माैसममा पश्चिमी वायुकाे प्रभाव
  • जलवायु परिवर्तनको न्यूनीकरणका लागि जैविक विविधता संरक्षण
  • सडक दुर्घटनाबाट हुने जोखिम कम गर्न बजेटमा प्राथमिकता दिन सुझाव
  • गिद्ध चिनौं बुद्ध बुझौं

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes