0 1 min 1 mth

काठमाडौं, २६ साउन । कोभिड-१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ ८ गतेसम्मको लागि थप कडाइसहित लम्बिएको छ ।

आज बसेको काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासनहरुको संयुक्त बैठकले २८ साउनदेखि लागू हुने गरी निषेधाज्ञा थप्ने निर्णय गरेको हो । नयाँ आदेश अनुसार अत्यावश्यक बाहेकका अन्य निजी एवं सार्वजनिक सवारी साधनहरु बेलुका ८ बजेभित्र गन्तव्यमा पुगिसक्नुपर्ने भएको छ । ८ बजेपछि निजी तथा सार्वजनिक सवारी साधन चल्न पाउने छैनन् । स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म संचालन गर्न पाउने निर्णय समेत भएको छ ।यस्तै , मध्यम तथा लामाे दूरीका सवारी साधन स्वास्थ्य मापदण्ड कायम गरेर संचालन गर्न पाउने छन् ।

घरबाट बाहिर निस्कँदा दुई व्यक्तिबीचकाे भाैतिकदूरी दुई मिटर कायम गर्नु पर्ने, मास्क अनिवार्य रूपमा लगाउनु पर्ने उल्लेख छ । फास्ट फूड, रेष्टुरेन्ट तथा अन्य अत्यावश्यक वस्तुकाे अनलाइन डेलिभरी तथा टेकअवे सेवा बेलुका ७ बजेसम्म संचालन गर्न पाईने निषेधाज्ञामा उल्लेख छ । यस्तै, परीक्षा संचालनका सम्बन्धमा एउटा काेठामा २५ जनाभन्दा बढी नराखी स्वास्थ्य मापदण्ड कायम गरेर संचालन गर्नुपर्ने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *